जापान, फागुन २० ।

आज (मार्च ४ तारिख) साँझ टोकियो मिनातो वार्डमा रहेको रसियन राजदूतावास अगाडी सयौँ युक्रेन लगायतका बिभिन्न देशका मानिसहरु भेला भई युक्रेन माथीको आक्रमण रोक्न आग्रह गर्दै विरोध प्रदर्शन गरिएको छ । राजदूतावास अगाडी भेला भई, रुसले युक्रेनमाथि जारी राखेको आक्रमणको नारावाजी सहित विरोध जनाएको हो । उल्लेख्य मात्रामा उपस्थिति रहेको मानिसहरुको समुहले, रसियालाई युक्रेनबाट फर्किन तथा युद्द अन्त्य गर्न आग्रह गरिएको नाराहरु लगाएका थिए ।
जापानी संचार माध्यमहरुमा प्रकाशित खबरका अनुसार उक्त विरोध प्रदर्शनमा युक्रेनीहरुभन्दा पनि जापानी नागरिकहरुको बाक्लो उपस्थिती रहेको थियो । विरोधमा सहभागीगरुले आफुहरु युक्रेनको समर्थक भन्दा पनि युद्द विरोधी भएको पनि उल्लेख गरेको बताईएको छ। ।अहिले विश्वभर रहेका युद्द विरोधीहरु रुसको आक्रमणको निन्दा र बिरोध गर्दै आईरहेको छ ।



315 पटक हेरिएको 
















