भारत, फागुण २० ।

भारतको बिहारको भागलपुरमा भएको शक्तिशाली बम विष्फोटमा परी ८ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार अन्य ८ जना घाईते भएका छन् । विष्फोट स्वदेशी विष्फोटक पदार्थबाट नै भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । विष्फोट कसले र किन गराएको हो भन्ने सार्वजनिक नभएको बताईएको छ । बिस्फोट बारे भारतीय सेनाद्धारा अनुसन्धान भईरहेको बताएको छ ।



321 पटक हेरिएको 
















