युएई, माघ २४ ।

धादिङ समाज युएईको नबौ अधिवेशन २२ फेब्रुअरीका दिन दुबईमा एक कार्यक्रमका बीच सम्पन्न भएको छ । धादिङ समाज युएईका संस्थापक अध्यक्ष चन्द्र प्रसाद सापकोटाको प्रमुख आतित्थयमा सम्पन्न भएको अधिवेशनमा नेपाली समाज युएईका अध्यक्ष गोविन्द ढकाल, समाजका सल्लाहकार एवं एनआरएनएका मध्यपुर्व उपसंयोजक मनोज गोर्खाली, समाजका सल्लाहकार एवं एनआरएनए आईसीसीका सदस्य ठाकुर ढुंगाना, समाजका सल्लाकार तथा व्यवसायी ईश्वरप्रसाद उपाध्यायको विशेष आतिथ्यता रहेको थियो ।
समाजका भुतपुर्व महासचिव हरि नेपाली र अन्तराष्ट्रिय धादिङ समाजका निवर्तमान महासचिव प्रमोद भट्टको आतिथ्यता रहेको कार्यक्रममा अध्यक्ष प्रसिद्ध खतिवडाको सभापतित्व रहेको थियो । साथै कार्यक्रमको संचालन सचिव दिपक खड्काले संचालन गरेका थिए ।
अतिथिहरुद्वारा पानसमा बत्ती बालेर उद्घाटन गरिएको अधिवेशनलाई उपाध्यक्ष रीता लामाद्वारा सहभागीहरुलाई स्वागत गरिएको थियो । समाजका सचिव दिपक खड्काद्वारा संस्थाको प्रगति प्रतिवेदन राख्नुका साथै कोषाध्यक्ष पुष्प गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रमका सभापति एवं समाजका अध्यक्ष प्रसिद्ध खतिवडाले पहिलो चरणको कार्यक्रम समापन गरी हरि नेपालीको संयोजकत्वमा प्रमोद भट्ट र नरबहादुर घले रहने गरी ३ सदस्सीय निर्वाचन समिति गठन गरेका थिए ।
नवौ अधिवेशनले नवगठित निर्वाचन समितिले सर्वसम्मतिमा पुष्पवहादुर गुरुङको अध्यक्षमा २१-२३ कार्यकालका लागी ११ सदस्यिय नयाँ कार्यसमिती गठन गरिएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा रामकुमार श्रेष्ठ, उपाध्यक्षमा रिता लामा, महासचिवमा दिपक खड्का, सचिवमा उत्तम भण्डारी, कोषाध्यक्षमा शंकर श्रेष्ठ, सहकोषाध्यक्षमा अनिल अधिकारी, सदस्यहरुमा डिवी राना मगर, माया सेडाई केसी, सुजन गुरुङ र बाबुकाजी शाक्य सर्वसम्मत रुपमा चयन भएका छन् ।




377 पटक हेरिएको 
















