एनआरएनए जापानको लोगो र लेटरप्याड प्रयोग गरी गरीएको समानान्तर गतिबिधि तत्काल रोक्न असन्तुष्ट पक्षलाई चेतावनी

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  399 पटक हेरिएको

जापान, पुस १३ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानको लेटरप्याड र लोगो प्रयोग गरी समानान्तर गतिविधि तुरून्त बन्द गर्न चेतावनी दिएको छ । एनआरएनए जापानले मंगलबार एक बिज्ञप्ति जारी गर्दै लेटरप्याड र लोगो प्रयोग गरी समानान्तर गतिविधि  जस्ता संकीर्ण गतिबिधि तुरून्त बन्द गर्न चेतावनी दिएको हो ।

गत जुलाई ३० तारिखमा सम्पन्न निर्वाचन भएपछी गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रीय समन्वय परिषद, एसिया प्यासिफिक र निर्वाचन मण्डलबाट समेत आधिकारिकता प्राप्त गरि नयाँ कार्यसमितिको शपथग्रहण सम्पन्न भई नियमित रूपमा काम कार्बाही निरन्तर गर्दै आएको बताउँदै संघले चेतावनीको भाषामा समानान्तर गतिविधि नगर्न भनेको हो ।

विज्ञप्तिमा उल्लेख भए अनुसार संघको तत्कालीन कार्यबहाक अध्यक्ष अनिता गुरूङ आफैले आफ्नै अध्यक्षतामा बैठक राखी आइसिसि कोषाध्यक्ष महेश कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा एसिया प्यासिफिक संयोजक रोविन्द्र श्रेष्ठ गोबिन्द ,उपसंयोजक एवं अधिवेशन अध्यक्ष मण्डलका संयोजक पारसमणि पोखरेल लगाएत एनआरएनए जापानका पुर्व अध्यक्षहरु, आईसिसी सदस्यहरु र एनआरएनए जापानका कार्यसमितिको उपस्थितीमा २०२१ को जुलाई २७ मा तय गरिएको निर्वाचनको मिति विविध कारण देखाई तिन दिन पछि सार्ने र निर्वाचन सम्बन्धित केही मापदण्डहरू निर्धारण गरि उपस्थिती सम्पुर्णको सहमतिमा अधिवेशन गर्ने निर्णय गरि निर्णय अनुरूप ३० तारिखमा निर्वाचन सम्पन्न भएको थियो ।

एनआरएनए जापानद्वारा जारी बिज्ञप्ति 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार