जापान, पुस ६ ।

गैर आवासीय नेपाली सघ राष्ट्रिय समन्वय परिषद जापानद्धारा आयोजना गर्दै आईरहेको एनआरएनए मेरो साथी अन्तर्गतको तेस्रो श्रृखला यहि डिसेम्बर २५ तारिख जापानमा नेपाली विद्यार्धीहरुको अध्ययन पश्चात रोजगारीको अवसर र चुनौती लगायतका विषयमा एक विशेष कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ जापानको ९ सन २०२१-२३० कार्यसमितिको “एनआरएनए मेरो साथी”अन्तर्गतको तेस्रो श्रृंखलामा जापानमा अध्ययनरत तथा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुको अध्ययन पश्चातको रोजगारीका अवसर तथा चुनौतीहरुका बिषयमा जापानमा लामो समय बिभिन्न पेशा ब्यबसाय गरेर बस्नु भएको विभिन्न जानकार व्यक्तिहरुसंग छलफल गरिन लागिएको एनआरएनए जापानका सचिब श्याम शीतल ज्युले भिजन अनलाईन न्युजलाई जानकारी गराउनु भयो ।
कार्यक्रम अनलाईन माध्यम जुममा २५ डिसेम्बर साँझ ५ बजे(जापानको समय)देखि सुरु हुनेछ । यस कार्यक्रमको प्रत्यक्ष प्रसारण भिजन अनलाई न्युज डटकमको अफिसियल फेसबुक पेजसंगै जापानका अन्य अनलाईन संचार माध्यमहरुमा पनि प्रत्यक्ष प्रसारण गरिनेछ । यस्ता कार्यक्रमले नेपाली बिद्यार्थीहरुलाई प्रत्यक्ष लाभ लिन सकिने भएकोले यस्ता कार्यक्रम आयोजना गरिएको सचिब श्याम शीतल ज्युले जानकारी गराउनु भयो ।



416 पटक हेरिएको 
















