काठमांडौ, पुष १ ।

नेपाली कांग्रेसको महामन्त्रीका लागि अहिले मतगणना भइरहेको छ। प्रारम्भिक मतपरिणामदेखिनै गगन थापाले अग्रता कायमै राखेका छन्। गगनले फराकिलो अग्रता लिएका छन्। गगन थापाले सबै भन्दा बढ़ी १२९४ मत प्राप्त गरेर अग्रस्थानमा रहेको छ ।
दोस्रो स्थानमा विश्वप्रकाश शर्माले अग्रता बढाएका छन्। सुरूआती गणनाबाटै अग्रतामा दोस्रो स्थानमा रहेका विश्वप्रकाशले १८९५ मत गणनामा ८२७ मत पाएका छन्। तेस्रो स्थानमा रहेका प्रदीप पौडेलले ६६८ मत पाएका छन्। महामन्त्रीमा ३ युवाबिच कडा प्रतिस्पर्धा देखिएको छ ।



455 पटक हेरिएको 
















