नेकपा माओबादी केन्द्रको पालिका अधिबेशन सम्पन्न, प्रचण्डद्धारा एमालेको १० औँ महाधिबेशनलाई कुम्भ मेलाको संज्ञा

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  442 पटक हेरिएको

काठमाडौं, मंसिर ११ ।  

नेकपा माओबादी केन्द्रको आज देशभर एकसाथ पालिका सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलनको नेकपा माओबादीका केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डद्धारा एकसाथ भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए । एक साथ पालिका अधिबेशनको उद्घाटन गर्ने क्रममा प्रचण्डले नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनलाई कुम्भ मेलाको संज्ञा दिएका छन् । शनिबार पार्टीका देशभरका पालिका अधिवेशनलाई भर्चुअल माध्यमबाट उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले एमालेको महाधिवेशनमा विचार र बहसलाई कुनै ठाउँ नदिइएकाले त्यसलाई महाधिवेशन भन्न नमिल्ने बताएका हुन् । उनले एमालेको महाधिवेशन र माओवादीले आयोजना गर्न लागेको राष्ट्रिय सम्मेलनमा कुनै तुलना हुन नसक्ने बताए ।

उनले भने, ‘हिजो हामीले कुम्भमेलाजस्तो मेला देख्यौं । जहाँ विचार र बहसलाई कुनै ठाउँ छैन । त्यहाँ जनतालाई भ्रम दिने ध्यान मात्रै छ ।’ अध्यक्ष प्रचण्डले सम्मेलनमा माओवादीले विचारको बहसलाई प्राथमिकता दिने बताए । उनले भने, ‘अरुका कथाकथित अधिवशेन र हाम्रो विचार निर्माण, विचार विकास र विचार संश्लेषणको, सम्मेलनको कुनै तुलना हुन सक्दैन ।’ उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको संविधानसँगै गणतान्त्रिक व्यवस्था उल्ट्याउने षड्यन्त्रको अंगका रूपमा अगाडि आएको बताए । उनले ओलीलाई देशभित्र र बाहिरका प्रतिक्रियावादीले साथ दिएको बताए ।

उनले नेकपा एकताको सहमति तोडेर ओली गुट बाहिर गएपछि समस्या सुरु भएको पनि जिकिर गरे । उनले भने,’हामीबीच त्यसबेला आधा आधा कार्यकाल प्रधानमन्त्री चलाउने सहमति भएको थियो तर ओलीले बेइमानी गरे। त्यसैकारण उनलाई पार्टीबाट निष्कासन समेत गरेका थियौँ।’ प्रचण्डले पछिल्लो समय माओवादीप्रति देशभर जनाधार बढ्दै गएको बताए । उनले माओवादी कमजोर भयो भने पार्टी मात्र नभई राष्ट्रियता समेत कमजोर हुने र देश दुर्घटनामा जाने भन्दै पार्टी सदस्यहरूलाई आफ्ना एजेन्डाप्रति अडिग रहन निर्देशन समेत दिए । माओवादीको विचार र प्रवृत्ति क्रान्तिकारी रहेको भन्दै अध्यक्ष प्रचण्डले यस बीचमा जति क्रान्तिकारी सक्रिय हुनुपर्ने हो त्यो हुन नसकेको बताए ।

आज सम्पन्न नेकपा माओबादीको पालिका सम्मेलनमा केन्द्रिय नेताहरुको उपस्थितिमा सम्पन्न भएको हो । पालिका अधिबेशन कै क्रममा अर्थमन्त्रि जनार्दन शर्मा गृह जिला रुकुम पश्चिम पुगेका छन चने पुर्व सभामुख कृष्ण बहादुर महरा दाङ घोराहीका बिभिन्न पालिका सम्मेलनमा सहभागि भएका छन । त्यस्तै धादिङ्ग जिल्लाका पालिका अधिबेशनमा पुर्व मन्त्रि कल्पना धमला र कमल सापकोटा लगायतका नेताहरुको उपस्थिति रहेको थियो । त्यस्तै एमालेको महाधिबेशनले तातिएको चितवनका बिभिन्न क्षेत्रको पालिका अधिबेशनमा भने चितवन महानगरपालिकाका मेयर रेणु दाहालको उपस्थिति रहेको थियो । देशभर एकसाथ सम्पन्न पालिका अधिबेशनको तस्बिर हामिले तल साभार गरेको छौँ ।

पालिका अधिबेशनको झलकहरु फोटामा 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार