
काठमाडौं, कार्तिक ५ ।

नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा हुने भएको छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बिहीबार बसेको पार्टी स्थायी कमिटी बैठकले आगामी मंसीर १० देखि १२ गतेसम्म हुने पार्टीको महाधिवेशन चितवनमा गर्ने औपचारिक निर्णय गरेको पार्टी प्रबक्ता प्रदिप ज्ञवालीले संचारमाध्यमलाई जानकारी गराएको हो । यसअघि विधान महाधिवेशनको समापनको क्रममा अध्यक्ष ओलीले पार्टीको १० औं महाधिवेशन वुटवलमा गर्ने घोषणा गरेका थिए । तर आजको बैठकले पार्टीको १० औं राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
बैठकले पार्टी स्थायी कमिटीका सदस्य रामबहादुर थापाको संयोजकत्वमा २१ सदस्यीय महाधिवेशन मूल व्यवस्थापन कमिटी समेत गठन गरेको छ । प्रवक्ता ज्ञवालीले महाधिवेशन मूल व्यवस्थापन कमिटीमा नेताहरु योगेश भट्टराई, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, काशीनाथ अधिकारी, डा। राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सिता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावलसहित ७ वटै प्रदेशबाट १र१ जना प्रतिनिधिहरु र सम्पर्क समन्वय कमिटीबाट समेत १ जना प्रतिनिधि रहने जानकारी दिए ।
पार्टी अध्यक्ष के.पी शर्मा ओलीले दिएको अभिब्क्तिमा पनि केहि पार्टीका नेताहरुले जबाफ मागेको र त्यस बिषयमा १० बुँदे सहमतिमा नै रहेर पार्टी अघि बढ्ने अध्यक्ष ओलिले जनाएको पनि बताउनु भयोम । स्थायी कमिटि बैठकमा नेता भुसाल र पन्तले अध्यक्षले १० बुँदे सहमतिको अपमान गरेको र सहमति कार्यान्वयन गर्न आनाकानी गरेको आरोप लगाएको सहित प्रश्न गरेका थिए ।
बैठकले पार्टीको हालैसम्पन्न विधान महाधिवेशन भव्यताका साथ सम्पन्न भएको निष्कर्ष निकाल्दै सहयोग गर्ने सबैप्रति धन्यवाद दिएको छ । एमाले स्थायी समिति बैठकले पार्टीको विधान महाधिवेशनले पार्टीलाई भावनात्मक रुपमा एकतावद्ध बनाएको निष्कर्ष पनि निकालेको प्रवक्ता ज्ञवालीले बताए ।
एमालेले हालै आएको बाढी, पहिरो र डुवानलगायतका प्राकृतिक विपत्तिमा ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै त्यसप्रति गहिरो दुःख व्यक्त गरेको छ । त्यसैगरी बैठकले प्राकृतिक विपत्तिपरी घाईते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै राहत र उद्धारको काममा उचित व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।



474 पटक हेरिएको 
















