प्रधानमन्त्रीद्वारा आह्वान सर्वदलिए बैठक बालुवाटारमा जारी, विपक्षी दल एमालेका नेताहरू अनुपस्थित

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  414 पटक हेरिएको

काठमाडौं, असोज १४ ।   

प्रतिपक्ष दलका नेता तथा पूर्व प्रधानमन्त्री के.पी ओलीले आज प्रधानमन्त्रीले आह्वान गरेको सर्वदलिए बैठक बहिष्कार गरेको छ ।  अहिले शेरबहादुर देउवाको आह्वानमा सर्वदलीय बैठक बसिरहेको छ उक्त बैठकमा विपक्षी दलका नेताहरूको सहभागिता रहेको छैन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठक संसदको अवरोधलाई निकास दिने लगायतका विषयमा केन्द्रित छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुलाई बोलाइए पनि नेकपा एमाले भने सहभागी छैन । संसद बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले लगातार अवरोध गर्दै आएको छ । आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । त्यसअघि सहमति जुटाउने प्रयासमा प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन् ।

संसदको अवरोध खुलाउन सभामुख अग्निप्रसाद सापकोटाले पहल गरे पनि निकास ननिस्किएपछि प्रधानमन्त्रीले नै पहल थालेका हुन् । सभामुख सापकोटाले बोलाएको बैठकमा पनि प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली सहभागी भएका थिएनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार