
लण्डन, भदौ ३ ।

समानताको माग गर्दै १३ दिन देखि भोक हड्तालमा बसेका भुपू गोर्खाहरुको अनशन १३ औ दिनमा तोडिएको छ । बेलायती प्रधानमन्त्री कार्यालय अगाडी ७ तारिखका दिन ज्ञानराज राई, पुष्पा घले र धन गुरुङले थालेको आमरण अनशन १३ औँ दिनको दिन तोडिएको हो ।
बेलायत सरकार र अनशनरत पक्षवीच सहमति भएपछि आज लण्डनस्थित नेपाली दूतावासका राजदूत लोकदर्शन रेग्मी, उपनियोग प्रमुख रोशन खनाल तथा बेलायत सरकारका रक्षामन्त्री लियो डोचर्टीको उपस्थितीमा जुल पिलाएर अनशन तोडिएको हो ।
भुपू गोर्खाहरुको मागका सम्बन्धमा बेलायत सरकारले एक महिनाभित्रमा नेपाल सरकारसँग वार्ता गर्ने प्रतिवद्धता जनाएपछि अनसन तोडिएको हो । नेपालीहरुको अनशनप्रति बेलायतमा रहेका थुप्रै संघसंस्था, भेट्रानहरुको व्यापक समर्थन रहेको थियो । २१ जुलाई बाट १७ दिनसम्म रिले अनशन बसेका उनीहरुको माग सम्बोधनमा बेलायत सरकारले तदारुकता नदेखाएको कारण ७ अगष्टबाट उनीहरुले भोक हड्ताल बसेका थिए । उनीहरुको स्वास्थ्यस्थिती जटिल बन्दै गएपछि सरकारमाथि थप दबाब सिर्जना भएको थियो ।
१९९७ भन्दा पहिले रिटायर भएका गोर्खाहरुले समान पेन्सन पाउन सकेका छैनन् । सोही मुद्धामा गोर्खालीहरुले बर्षौ देखि गोर्खा सत्याग्रह संघर्ष समितिमार्फतआन्दोलन गर्दै आएका थिए । जानकारहरूका अनुसार डिसेम्बर २१ बाट वार्ता शुरू हुने बताईएको छ ।
उक्त घटनामा नेपालमा समेत रिट दायर भएको थियो । तीन दिन अघि बहस भएको मुद्दामा मानिसको ज्यान बचाउन नेपाल सरकारले पहल गरोस भनी परेको रिटमा न्यायाधीश दीपकुमार कार्कीको एकल इजालसले बिहिबार नै तत्काल बार्ताको पहल गर्न र अन्सनमा बसेकाको जीवन रक्षाकालागि राजदुत मार्फत पहल गर्नु आदेश समेत भएको थियो ।

राजदूताबस लण्डनबाट जारी पत्र





519 पटक हेरिएको 
















