
झापा, चैत २६ ।

नेपाल पत्रकार महासंघ झापा शाखामा नेपाल प्रेस युनियन, प्रेस सङ्गठन, मिडिया नेपाल र स्वतन्त्र पत्रकारको श्रमजीवी व्यावसायिक पत्रकारहरूको संयुक्त समावेशी प्यानलको वर्चस्व भएको कायम रहेको छ। १८ पदका लागि बुधबार भएको निर्वाचनमा संयुक्त समावेशी प्यानलले अध्यक्षसहित १४ पदमा जित हासिल गरेको छ। संयुक्त समावेशी प्यानलबाट अध्यक्षमा एकराज गिरी निर्वाचित भएका छन्। प्रेस युनियनका गिरीले १५५ मत ल्याए। उनका प्रतिद्वन्द्वी ओलीनिकट प्रेस चौतारीका विशाल नेम्वाङले ७४ र नेपालनिकट प्रेस चौतारीका तीर्थ सिग्देलले २६ मत ल्याएका छन्।
त्यस्तै, उपाध्यक्षमा संयुक्त समावेशी प्यानलका केशव भट्टराई निर्वाचित भएका छन्। भट्टराईले १३१ मत ल्याए। उनका प्रतिद्वन्द्वी ओलीनिकट प्रेस चौतारीका गोपाल झापालीले ९६ र खेलकुद पत्रकार मञ्चका अध्यक्ष हिमालचन्द्र खरेलले २६ मत ल्याएका छन्। प्यानलबाट महिला उपाध्यक्षमा सुशील सङ्ग्रौला १४० मत ल्याई निर्वाचित भएकी छिन्। उनका प्रतिद्वन्द्वी ओली निकट प्रेस चौतारीका सावित्रा दाहाल १०७ मत ल्याइन्।
त्यसैगरी सचिवमा प्यानलतर्फका प्रेस सङ्गठनका डिकेश लामाले १२८ मत ल्याई निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी नेपालनिकट प्रेस चौतारीका सुब्रत न्यौपानेले ९९ र स्वतन्त्रबाट प्रेमकुमार आचार्यले २५ मत ल्याएका छन्। खुला सहसचिवमा प्यानलका राजु पाठकले १५५ मत ल्याई निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी ओलीनिकट प्रेस चौतारीका विनोद सापकोटाले ९२ मत ल्याएका छन्। समावेशी सहसचिवमा प्यानलका अर्जुन राजवंशीले १७२ मत ल्याई निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी प्रेस नेपालका देशराज नेम्वाङले ७३ मत ल्याएका छन्। कोषाध्यक्षमा प्यानलका रञ्जित प्रसाईँले १३३ मत ल्याई निर्वाचित भएका छन्।
उनका प्रतिद्वन्द्वी ओलीनिकट प्रेस चौतारीका रमेश तिवारीले ११५ मत ल्याएका छन्। त्यसैगरी प्यानलबाटै खुला सदस्यतर्फ मनीषा चम्लागाँई ९१५१०, विनोद पाण्डे ९१४७०, चिरञ्जीवी घिमिरे ९१३३०, होमप्रकाश अधिकारी ९१२२०, शुस्मा राजवंशी ९११५०, द्रोण अधिकारी ९१०७० मत ल्याई निर्वाचित भएका छन्।
प्रेस चौतारीबाट खुला सदस्यतर्फ सुनिरा मैनाली ९१२१०, अच्युतराज सुवेदी ९१०७० र अनिल वाग्ले ९१०५० मत ल्याई निर्वाचित भएका छन्। दलित सदस्यतर्फ रञ्जित परियार १४० र राजन साम्पाङ १२४ मत ल्याई निर्वाचित भएका छन्। महिला सदस्यमा स्वस्तिका आचार्य र मधेसी सदस्यमा सन्तोष शर्मा निर्विरोध निर्वाचित भएका छन्।
केन्द्रीय परिषद् सदस्यमा गोपाल काफ्ले ९१६९०, ज्ञानेन्द्र निरौला ९१६५० र कृष्ण हुमागाईँ ९१४१० मत ल्याई निर्वाचित भएका छन्। प्रदेश परिषद् सदस्यमा सबै निर्विरोध भएका छन्। निर्वाचित हुनेमा समावेशी सदस्यतर्फ सन्तोष अग्रवाल, पूजनकुमारी आचार्य, मनकुमार शर्मा, प्रदीप परियार, आत्माराम राजवंशी, पुकारचन्द्र राजवंशी र अनुषा चुँडाल निर्विरोध निर्वाचित भएका छन्।
त्यस्तै, खुला सदस्यतर्फ ईश्वर अधिकारी, उमानाथ भण्डारी, सागर गौतम, राजकुमार ओली, रोहित काफ्ले, राजु पौडेल, डिल्लीराम घोर्साई, तुलसीप्रसाद निरौला, वेणुप्रसाद अधिकारी, उत्तम नेपाल, टिकाराम उप्रेती निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। परिषद् सदस्य महिलातर्फ भीमा सिवाकोटी, रेजिना गौतम निर्विरोध निर्वाचित हुँदा जनजातिबाट दिपिन राईसमेत निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। प्रदेश समिति र केन्द्रीय समितिको मत गणना जारी छ।




508 पटक हेरिएको 
















