काठमाण्डौं, मंसीर ५ ।
नेपालमा पछिल्लो समय निरन्तर कोरोना संक्रमित निको हुने दर बढेको छ । आज पनि देशभर थपिएका संक्रमित भन्दा झण्डै ३ गुणा बढी संक्रमित निको भई डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कुल १९ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । यो सगैँ कुल संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ । यस्तै आज ५ हजार ३६४ जना कोरोनामुक्त भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सगैँ हाल सम्म एक लाख ९१ हजार २ जना कोरोनामुक्त भएका छन् ।
यसै गरी कोरोनाबाट आज देशभर २२ जनाको मृत्यु भएको छ । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १२ सय ९८ पुगेको छ । अब देशभर सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ जना रहेका छन् । अब क्वारेन्टीनमा ७५३ जना रहेका छन् । हाल सम्म नेपालमा १६ लाख ४३ हजार ८९९ जनाको पिसिआर परीक्षण भएको छ ।
कहाँ कति थपिए संक्रमित ?
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ११०७ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ८६२, ललितपुरका १७४ र भक्तपुरका ७१ जना छन् ।
कास्कीका ८८ जना, चितवनका ८७, रुपन्देहीका ६०, सुनसरीका ५५, काभ्रेका ५४, दाङका ५१, संखुवासभाका ३४, झापाका ३३, धनुषा र कैलालीका २४/२४ जना, मोरङका २०, नवलपरासी र दार्चुलाका १९/१९ जना, सिराहा र दोलखाका १७/१७ जना, पाल्पाका १५, धादिङ र नवलपुरका १४/१४ जना, नुवाकोट, सिन्धुपाल्चोक, गोरखा र लमजुङका ११/११ जना तथा बर्दियाका ९ जनामा कोरोना संक्रमण देखिएको छ ।
मकवानपुर र बाँकेका ८/८ जना, उदपयुर, बारा, तनहुँ, स्याङ्जा, कपिलवस्तु र कञ्चनपुरका ७/७ जना, ओखलढुंगा, रामेछाप, प्युठान र सल्यानका ६/६ जना, बाग्लुङ र डडेलधुराका ५/५ जना, तेह्रथुम, महोत्तरी र गुल्मीका ४/४ जना, सोलखुम्बु, सर्लाही र बैतडीका ३/३ जना, इलाम, धनकुटा, सप्तरी, सिन्धुली, अर्घाखाँची, दैलेख, सुर्खेत र बझाङका २/२ जना तथा पाँचथर, भोजपुर, पर्सा, रौतहट, पर्वत, म्याग्दी, कालीकोट, रुकुम पश्चिम, अछाम, डोटी र बाजुराका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।