प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएशनको बिरोध प्रदर्शन जारी

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  270 पटक हेरिएको

काठमाडौ, कार्तिक १६ । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै कानून व्यवसायीले मंगलबार तेस्रो दिन पनि विरोध कार्यक्रमलाई निरन्तरता दिएका छन्।

पूर्वघोषित कार्यक्रम अनुसार प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन दिएको पाँचदिने समयसीमाको आज अन्तिम दिन पनि नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीले हातमा कालोपट्टी बाँधेर सर्वोच्च परिसरमा विरोध कार्यक्रम गरेका हुन्।

प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसन उनको राजीनामा माग्दै कात्तिक १४ गतेदेखि आन्दोलित छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार