उपत्यकामा ६३७ जना सहित ११ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि, आज १८ सय ९३ जना कोरोना मुक्त भई डिस्चार्ज

प्रकाशित:  118 पटक हेरिएको

काठमाण्डौं, असोज ७ ।  

नेपालमा निरन्तर कोरोना संक्रमण बढीरहेको छ । यसै क्रममा पछिल्लो २४ घण्टामा ११ सय ७२ जना संक्रमित थपिएका छन् । देशभर ९ हजार ४४९ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेका हुन् । यो सगैँ कुल संक्रमितको संख्या ६७ हजार ८०४ जना पुगेको छ । सक्रिय संक्रमित १७ हजार ४१४ जना रहेका छन् ।

उपत्यकामा आज ६३७ जना संक्रमित

काठमाण्डौं उपत्यकामा आज ६३७ जना संक्रमित थपिएका छन् । जस अनुसार काठमाण्डौमा ४९२, भक्तपुरमा ९५ र ललितपुरमा ५० जना रहेका छन् । उपत्यकामा अन्यत्रको तुलनामा ठूलो संख्यामा संक्रमण बढीरहेको छ । देशभर आज ११ सय ७२ जना संक्रमित थपिएका छन् । देशभर ९ हजार ४४९ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेका हुन् ।

यो सगैँ कुल संक्रमितको संख्या ६७ हजार ८०४ जना पुगेको छ । सक्रिय संक्रमित १७ हजार ४१४ जना रहेका छन् ।  २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १८९३ जना रहेको छ । यो सगैँ डिस्चार्ज हुनेको संख्या ४९ हजार ९१४ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार