
जापान, असोज १ ।

जापान सरकारले कोरोना महामारीका कारण बिभिन्न देशबाट आफ्नो देशमा आउनेहरुको लागि लगाईएको निषेधाज्ञा मध्ये जापानबाट आफ्नो जन्मभूमि फर्किएका बिदेशी नागरिकहरुलाई जापान प्रबेशमा लगाईएको रोक हटाएको छ । आज राति जापान सरकारको परराष्ट्र मन्त्रालयको आधिकारीक वेबसाईटमा एक सुचना जारी गर्दै उक्त रोक हटाईएको जानकारी सार्वजनिक गरिएको हो । जापान सरकारले सबै देशका नागरिकलाई जापान प्रवेश खुला गरेको भने होईन । परराष्ट्र मन्त्रालयले शुक्रबार राती अबेर जारी गरेको सिमा नियन्त्रण सम्बन्धि ब्यबस्थामा उल्लेख गरिएअनुसार नेपाल लगायत अफगानिस्तान, भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्ससहित ४४ देशको लागि पुन प्रवेश प्रतिबन्धलाई सेप्टेम्बर १९ तारिक राती १२ बजेदेखि हटाउन लागेको बताइएको छ ।
जापान सरकार परराष्ट्र मन्त्रालयद्धारा जारी सुचनानुसार नेपालसँगै अफगानस्थान, ईन्डिया, श्रीलंका। बंगलादेश र माल्दिभ्स लगायत ४४ राष्ट्रका नागरिकलाई रिईन्ट्रि अनुमति दिने जनाएको हो । उक्त सुचनासँगै नेपाल लगायत बिभिन्न देश फर्किएका बिद्यार्थी, कामदार तथा अन्य ब्यक्तिहरुलाई जापान प्रवेश पाउने भएको हो । लामो समय देखि बन्द भएको जापान प्रबेश ख्ुलेसँगै यसले केही नेपाली नागरीक जो नेपाल गएर जापान फर्कन नपाएकाहरुको लागि राहत हुने भएको हो ।




657 पटक हेरिएको 
















