पछिल्लो २४ घण्टामा ९ सय २ जनामा संक्रमण पुष्टि, २ हजार २ सय ८७ जना कोरोना संक्रमित डिस्चार्ज

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  513 पटक हेरिएको

काठमाण्डौं, भदौ २३ ।   

नेपालमा लगातार कोरोना संक्रमित थपिने क्रम जारी छ । देशभर पछिल्लो २४ घण्टामा १० हजार ६ सय ११ जनामा गरिएको परीक्षणमा ९ सय २ संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ देशभर कुल संक्रमितको संख्या ४८ हजार एक सय ३८ पुगेको छ ।

त्यस मध्य सक्रिय संक्रमित १४ हजार ८ सय ६८ जना रहेका छन् । ती मध्य संस्थागत आईसोलेसनमा संस्थागत आईसोलेसनमा ८ हजार ५३ रहेका छन् भने होम आईसोलेसनमा ६ हजार ८ सय १५ जना रहेका छन् ।

कोरोनाबाट अहिले सम्म ३२ हजार ९ सय ६४ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा २ हजार २ सय ८७ डिस्चार्ज भएका छन् । अब क्वारेन्टाईनमा ५ हजार ३ सय ३२ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार