
काठमाण्डौँ, भदौँ ७ ।

मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ आज बाँडफाँड हुँदै छ । यस पटक पनि ९८ प्रतिशत बढी आवेदकको हात रित्तो हुने छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टका अनुसार सोमबार बिहान ८ः३० बजे शेयर बाँडफाँट हुने भएको छ ।
कम्पनीले साउन २७ देखि ३१ गतेसम्म प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशन गरेको थियो । त्यसमध्ये कर्मचारीहरुका लागि ५ हजार ४६९ कित्ता र सामूहिक लागनी कोषहरुलाई १९ हजार ६८८ कित्ता सुरक्षित गरी बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणहरूका लागि निष्काशनमा ल्याएको थियो ।
पछिल्लो तथ्यांक अनुसार लघुवित्तको आईपीओमा २४ लाख भन्दा बढीले आवेदन दिएका छन् । त्यस मध्य गोला प्रथाबाट ३६ हजार ८५९ जनाले मात्रै १० कित्ता शेयर पाउनेछन् । बाँकी ९८ प्रतिशत बढीको हात खाली हुनेछ ।




346 पटक हेरिएको 
















