नेपालमा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि, एकै दिन ६२६ जना डिस्चार्ज

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  496 पटक हेरिएको

काठमाडौँ, साउन १२ । 

नेपालमा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ। गत चौबिस घण्टामा १३९ जना कोरोना संक्रमित थपिएका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। यो सँगै नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ४९५० रहेको छ।

गत चौबिस घण्टामा ६२६ जना आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या १६ हजार ३ सय ७९ पुगेको छ। अहिले १३ हजार ७ सय ५४ जना क्वारेन्टिनमा रहेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार