भारी बर्षासङ्गै आएको बाढिले मुग्लिन नारायणघाट सडकखण्डको मौवाखोला पुलमा क्षति पुर्यायो, पृथ्बि राजमार्ग अबरुद्ध

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1523 पटक हेरिएको

धादिङ, साउन ७ ।

देशभर अविरल बर्षाका कारण आएको बाढी र पहिरोले पृथ्वी राजमार्गको धादिङ र चितवन जिल्लामा रहेको मौवाखोला पुलमा क्षति पुगेको छ भने ठाँउ ठाँउमा पहिरो खसेको छ । मौवाखोला पुलमा क्षति भएसँगै काठमाण्डौँ आउने र बाहिर जाने गाडी चल्न सकेको छैन । पुलमा थप जोखिम बढेको स्थानीयले बताएका छन् । अहिले आवागमन पूर्ण रुपले ठप्प भए पछि काठमाण्डौ छिर्ने सबै सवारी साधनहरु बाटैमा रोकिएका छन् ।

मौवाखोलाले तीन वटा घर समेत बगाएको स्थानीयले बताए । यस्तै बाँदरे भीरमा रोकिराखिएका गाडी नै पहिरोले बगाएर त्रिसुली नदी किनारमा पुर्याएको छ । घटनामा कुनैपनि मानविय क्षति नभएको प्रहरी जानकारी दिएको छ। गएरातिदेखिको अविरल वर्षाको कारण धादिङको २ दर्जन भन्दा बढी ठाउँहरु पहिरो गएको छ । पहिरोमा परि स्थानीय निरुता परियारको मृत्यु भएको छ।

त्यस्तै मलेखु धादिङको कालुपाण्डे राजमार्गको विभिन्न ठाउँमा खसेको पहिरोले राजमार्ग पुर्ण रुपमा बन्द भएको छ। सबै ठाउँको पहिरो हटाएर सवारी आवागमन सहज बनाउन लगातार परिरहेको पानी र खसिरहेको पहिरोले समस्या भएको प्रहरीले जनाएको छ। बर्षा अझै जारी रहने भएकाले राजधानी छिर्ने मुख्य राजमार्ग खुल्न केही समय लाग्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार