प्रधानमन्त्रि शेर बहादुर देउबाले बिश्वासको मत पाए, पक्षमा १६५ र बिपक्षमा ८३ मत खस्यो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  135 पटक हेरिएको


काठमाण्डौँ, साउन ३ ।  

सर्बोच्चको परमादेशबाट पुनस्र्थापित प्रतिनिधि संसदको आज बसेको आठौँ बैठकमा नवनिर्बाचित प्रधानमन्त्रि शेर बहादुर देउबाले आज बिश्वासको मत लिएको छ । आज दिउँसो ३ बजेबाट शुरु भएको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रि शेरबहादुर देउबाले संसदमा सहभागि पार्टीका सांसदहरु माझ बिश्वासका मत मागेका थिए । नेकपा माओबादी केन्द्रले आफ्ना पार्टीका सांसदहरुलाई पक्षमा भोट हाल्न निर्देशन दिएका थिए भने नेपाली काग्रेसले पनि पार्टीका सांसदहरुलाई प्रतिनिधि सभामा उपस्थित भई सरकारको पक्षमा बिश्वासको मत हाल्न निर्देशन जारी गरेको थियो । जसपाका महन्त ठाकुर पक्षका सांसदहरुले समेत देउबाको पक्षमा मत हालेका थिए ।

जसपाको बिबाद निर्वाचन आयोगमा हेर्दाहेर्दैमा रहेपनि प्रधानमन्त्रिको पक्षमा मत दिने निर्णय गरेका महन्त ठाकुर सहित सम्पुर्णसांसदले पक्षमा भोट हालेका थिए । सभामुख सापकोटाले प्रधामन्त्रि शेरबहादुर देउबाको पक्ष र बिपक्षमा मतदान गर्न दिएको समयसिमा भित्र खसेको मतमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाका पक्षमा १६५ मत र बिपक्षमा ८३ मत खसेको छ । मतदानमा २४९ जना सांसद सहभागी भएका थिए ।

उनको आफ्नै दल नेपाली कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चाका सांसदले उनलाई मत दिएका हुन् । राप्रपा र नेमकिपाका एकएक सांसदले मतदान गरेनन् ।

यस्तै नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षधर चार सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । सांसदहरु प्रेम आले, कृष्णकुमार श्रेष्ठ ‘किसान’, गोपाल बम र धनबहादुर बुढाले देउवालाई मत दिएका हुन् । एमाले कार्यालय सचिवसमेत रहेका सांसद शेरबहादुर तामाङले चार सांसदले देउवालाई मत दिएको पुष्टि गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार