काठमाण्डौँ, असार ३१ ।
सर्वोच्च अदालतको परमादेश बमोजिम साउन ३ गते संसदको बैठक बोलाउने मन्त्रीपरिषद्को पहिलो बैठकले निर्णय गरेको छ । सो निर्णय अनुसार राष्ट्रपति समक्ष सिफारीस हुने बताईएको छ । देउवा प्रधानमन्त्री भए पछि आज पहिलो मन्त्रिपरिषदको बैठक बसी यो निर्णय भएको हो ।
सर्वोच्चले २८ गते गरेको फैसला अनुसार देउवा प्रधानमन्त्री भएका थिए भने आदेश भएको सात दिन भित्र संसदको बैठक बोलाउन परमादेश गरेको थियो ।
यसै गरी राष्ट्रिय सभाको बैठक पनि बोलाउने निर्णय भएको छ । यसै गरी बैठकले सरकारले सत्य निरुपण, मेलमिलाप, बेपत्ता छानबिन आयोग र त्यहाँका पदाधिकारीको म्याद थप गरेको छ। सरकारले यी दुबै आयोगको म्याद एक वर्ष थपेको हो। मन्त्रिपरिषद बैठकलले सो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।