चीनबाट पहिलो खेपमा ८ लाख डोज कोरोना भ्याक्सिन भेरोसेल काठमाण्डौँ आईपुग्यो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  492 पटक हेरिएको

काठमाडौं, असार २५ ।  

नेपाल सरकारले चीनसँग खरिद गरेको कोरोविरुद्धको खोपको पहिलो खेप काठमाडौंमा आईपुगेको छ । आज बिहान साढे ६ बजे नेपाल वायूसेवा निगमको विमानले ८ लाख डोज बोकेर त्रिभुवन विमानस्थलमा अवतरण भएको हो । नन डिस्क्लोलर एग्रिमेन्ट सरकार टु सरकार बिच सम्झौता गरी नेपालले चीनसँग ४० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेको छ । यसको मुल्य खुलाइएको छैन ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलका अनुसार आज ल्याइएको खोपको तौल १३ हजार किलो छ । अब प्रत्येक साता चरणबद्ध रुपमा नेपालमा चीनबाट खोप ओसारिने प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले बताएको छ । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोरोनाको खोप निरन्तर आउने बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार