गैर आवासीय नेपालीहरुलाई पनि बिषेश अधिकार सहित नेपाली नागरिकता दिने गरी नागरिकता संशोधन बिधेयक संसदमा पेश

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  479 पटक हेरिएको

काठमाडौं, असार २४ ।  

सरकारले नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयक संसद सचिवालयमा दर्ता गरेको छ । झण्डै चार वर्षदेखि संसदमा विचाराधीन नागरिक विधेयकलाई फिर्ता लिएकै दिन शुक्रबार साँझ सरकारले संशोधन विधेयक दर्ता गरेको हो ।

यो संशोधनले नयाँ संविधान बन्नुअघि जन्मसिद्ध नागरिकता प्राप्त गरेका नागरिकको सन्तानलाई वंशजको आधारमा नागरिकता दिने बाटो खोल्नेछ । यस्तै नेपाली आमाबाट नेपालमै जन्म भई नेपालमा बसोबास गरेको र बाबुको पहिचान नभएका व्यक्तिले पनि वंशजको आधारमा नागरिकता पाउने व्यवस्था गरिएको छ । नेपालमा फेला परेर तर, बाबु र आमाको ठेगान नभएका नाबालकलाई पनि वंशजको आधारमा नागरिकता लिन सक्नेछन् ।

यस्तै गैरआवासीय नेपाली नागरिकतालाई पनि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता लिने बाटो पनि यो विधेयकले खोलेको छ । जस्तो, जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिने प्रावधानमा राज्य व्यवस्था समितिले ‘९ मंसिर २०६५ भित्र निवेदन दिई’ संविधान जारी गर्दा अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेका नागरिकका सन्तान राख्ने सहमति भएको थियो । तर सरकारले ल्याएको संशोधन विधेयकमा यो समावेश छैन ।

यस्तै नेपाली आमाबाट नेपालमै जन्म भई नेपालमा बसोबास गरेको र बाबुको पहिचान नभएका व्यक्तिलाई नागरिकता दिँदा पनि आमाले बाबुको पहिचान हुन नसकेको ‘पुष्ट्याईंसहित’ स्वघोषणा गर्नुपर्ने व्यवस्था राख्ने समितिको प्रतिवेदनमा उल्लेख थियो । तर अहिले सरकारले ल्याएको संशोधनमा ‘पुष्ट्याईंसहित’ हटाएर स्वघोषणा गरे पुग्ने भनिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार