पछिल्लो २४ घण्टामा १८० जनामा संक्रमण पुष्टि, कुल संक्रमित संख्या १५ हजार ९६४ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  500 पटक हेरिएको

काठमाडौं, असार २२ ।   

पछिल्लो २४ घण्टामा थप १८० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । उनीहरुमध्ये ३५ जनाको मृत्यु भएको छ भने ६ हजार ८११ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्या पछिल्लो हप्ताको सबै भन्दा कम संक्रमितको संख्या हो ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा २४ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै ललितपुरका २० जना, लमजुङका ११, भक्तपुरका १०, सप्तरी, कैलाली, र कास्कीका ८/८जना, गोरखाका ७, बाग्लुङ, सर्लाही र रौतहटका ६/६ जना, सिन्धुपाल्चोक, नवलपरासी, मकवानपुर, डडेलधुरा र झापाका ५/५ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

प्युठान र काभ्रेका ४/४ जना, ओखलढुंगा, खोटाङ, चितवन र पाल्पाका ३/३ जना, सिराहा, सुनसरी, दोलखा, सिन्धुली र दाङका २/२ जना तथा नुवाकोट, चितवन, बारा, जाजरकोट, जुम्ला, धादिङ, नवलपुर, संखुवासभा, ताप्लेजुङ, अर्घाखाँची र उदयपुरका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना  संक्रमणबाट निको भई घर फर्किनेको संख्या २६४ रहेको छ । डिस्चार्ज हुनेको कुल संख्या ६ हजार ८११ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार