काठमाडौँ, असार १२ ।
नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफुलाई प्रधानमन्त्रीको प्रस्ताव आएको बताएका छन् । उनले आफूहरुले सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नलिने बताएका छन् । नेकपा एमालेको बिघटनलाई रोक्न संस्थापन पक्षले समानान्तर गतिबिधि गर्दै आएको माधब कुमार नेपाललाई प्रधानमन्त्रि दिएर भए पनि फुटलाई जोगाउने दोस्रो पक्षको प्रस्ताब आएको छ । गण्डकी प्रदेशको निबर्तमान मुख्यमन्त्रि पृथ्विसुब्बा गुरुङ्गले माधब कुमार नेपाललाई प्रधानमन्त्रि बनाएर भए पनि पार्टी बिभाजनलाई रोक्नु पर्ने जनाएको छ ।
पत्रकारहरुसँगको अन्तरक्रियामा नेता नेपालले प्रधानमन्त्रीको प्रस्ताव आए पनि आफूले गठबन्धनलाई धोका नदिने प्रस्ट पारेका हुन् । नेता नेपालले भने, ‘ मलाई प्रधानमन्त्रीको अफर आइसक्यो । तर म धोका दिने मान्छे हैन । हस्ताक्षर फिर्ता हुँदैन,।’ आफूहरु एमालेको विद्रोही पक्ष भएको भन्दै नेपालले अहिलेको लडाइँ केपी ओली प्रवृत्तिविरुद्ध भएको बताए ।