पाल्पामा भीषण पहिरोले चार वटा गाडी पुरिदा ३ जनाको मृत्यु, ऊद्दार कार्य जारी

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  622 पटक हेरिएको

तानसेन, असार ८ ।   

असार लागेसंगै नेपालमा भारि वर्षा शुरू भएको छ ।अविरल बर्षाका कारण पाल्पाको तानसेन नगरपालिका–११ बन्दीपोखरा सम्मोबारीमा भीषण पहिरो जादाँ चार वटा गाडी पुरिदा तीन जनाको मृत्यु भएको छ । तानसेन–रिडी सडक खण्डमा पहिरोले चार वटा सवारी साधन बगाएको हो ।

पहिरोले बगाए पछि मृत्यु भएको अवस्थामा पुरिएको ठाँउबाट दुई जनाको शब फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै अर्का एक जनाको उपचारको क्रममा मिसन अस्पतालमा मृत्यु भएको हो ।
शवलाई पाल्पा अस्पतालमा ल्याइएको छ । उनीहरुको पहिचान खुल्न बाँकी रहेको छ ।

पहिरो झण्डै दुई सय मिटर तल खसेको छ । झण्डै ७० मिटर लामो पहिरोमा रोकि राखेको ट्रक, पानी ट्याङकर, एक बोलेरो , एक कार पुरिएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार