गुल्मीमा ‘होम क्वारेन्टिन’मा मृत्यु भएका बृद्धमा कोरोना संक्रमण पुष्टि

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  460 पटक हेरिएको

गुल्मी, असार ६ ।   

गुल्मीमा ‘होम क्वारेन्टिन’मा मृत्यु भएका बृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।

असार ४ गते मृत्यु भएका छत्रकोट गाउँपालिका मैनडाँडा निवासी ६९ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।

उनी प्यारालाईसिसका बिरामी पनि थिए । उपचारका क्रममा भारत गएका उनी नेपाल आएपछि होम क्वारेन्टिनमा बसेका थिए । भारतबाट आउने अधिकांश नेपालीहरूमा कोरोना संक्रमण देखिएसंगै निजलाई पनि कोरोना आशंकामा होम क्वारेन्टिनमा राखीएको थियो । योसँगै गुल्मीमा तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार