काठमांडौ, जेठ १५ ।
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार नाघेको छ ।बिहीबार थप १ सय ५६ जना नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमण हुनेको संख्या १ हजार ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बिहीबार अपराह्नसम्ममा थप १ सय ५६ जनामा काेराेना पुष्टि भएकाे हाे ।
यो एकै दिन बढेको यो नै सर्वाधिक सङ्ख्या हो । बुधबार १ सय १४ जनामा सङ्क्रमण पुष्टि भएको थियो । बिहीबार थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि पाँच पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिले पुष्टि भएका व्यक्ति ललितपुरका ५६ वर्षीय पुरुष भएको मन्त्रालयले जनाएको छ। नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
यो एकै दिन बढेको सर्वाधिक सङ्ख्या हो । बुधवार ११४ जनामा सङ्क्रमण पुष्टि भएको थियो । अहिलेसम्म निको हुनेको सङ्ख्या १८७ छ ।