पुनः ७ जनामा कोरोना संक्रमित पुष्टिसँगै संक्रमितको संख्या ६८२ जना पुग्यो, हालसम्म ४ जनाको संक्रमणबाट निधन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1121 पटक हेरिएको

vision-online-advertise

काठमाण्डौँ, जेठ १२ ।  

एक हप्ता अघि जेष्ठ ४ गते बीरगञ्जमा मृत्यु भएका एक व्यक्तिमा पनि कोरोना संक्रमण रहेको पुष्टि भएको छ । निज कोरोनाका कारण मृत्यु भएको सरकारले घोषणा गरेको छ । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ । मृतक बाराका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बीरगञ्ज नेस्नल मेडिकल कलेजमा मृत्यु भएका ती वृद्धाको कोरोनाले मृत्यु भएको पुष्टी गरेका हुन ।

बाराका ७० वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको नेशनल मेडिकल कलेजले पनि पुष्टि गरेको छ । गत ४ जेठमा उपचारका क्रममा मृत्यु भएका वृद्धको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । यद्यपि उनको ५ गते नै अन्त्यष्टी भएको थियो । यस अघि सिन्धुपालचोक, बाके, गुल्मी र बाराका गरी चार जिल्लाबाट कोरोनाका कराण मानिसको ज्यान गएको छ । बाराका ति बृद्ध निमोनियाको समस्याबाट ग्रस्त रहेको पनि बताईएको छ ।

पुनः ७ जनामा कोरोना संक्रमित पुष्टि

नेपालमा कोरोना संक्रमितको संख्या निरन्तर बढ्ने क्रम जारी छ । यसै क्रममा अहिले दिउँसो थप ७ जनामा कोरोना पुष्टी भएको छ । काठमाण्डौँमा १ जना, बर्दियामा ३ जना , अछाममा एक जना र पर्सामा एक जनामा कोरोना पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । आज बिहान मात्रै ७२ जना थपिएको थियो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६८२ पुगेको छ भने हालसम्म ४ जनाको कोरोना भाईरसका कारण ज्यान गएको पुष्टि भएको छ ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार