बिपक्षी गठबन्धन देउबालाई प्रधानमन्त्रि बनाउन मागदाबी गर्दै तिनपुस्ते सहित सर्बोच्चमा रिट दाबी गर्दै

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  660 पटक हेरिएको

काठमाण्डौं, जेठ १० ।  

राष्ट्रपति विद्यादेवी भण्डारीले १४९ सांसदको हस्ताक्षर सहित प्रधानमन्त्रीमा दाबी गर्दा समेत राष्ट्रपतिले नियुक्ति गर्नुको साटो संसद नै भंग गरेर मध्यरातमा चुनाव घोषणा गरेपछि आक्रोसित विपक्षी गठबन्धनले सर्वोच्च अदालतबाट सिधै परमादेश गराएर प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न माग गर्दैछन् ।

आज रिट दायर गर्ने तयारीमा रहेका बिपक्षी गठबन्धनमा माधव नेपाल समुहका सांसदको हस्ताक्षर धमाधम सिंहदरबारमा चलिरहेकाले केही ढिला भएको हो ।
संभवत हस्ताक्षर, नागरिकताको फोटोकपि सहित सांसदहरु सर्वोच्च जाने गरी जुटेका छन् ।

माधव समुहका अहिले सम्म २४ जना सांसदले हस्ताक्षर गरीसकेको बताईएको छ । यदि सर्वोच्चबाट परमादेश जारी भएको खण्डमा बिपक्षीले सरकार गठन गरी राष्ट्रपतिलाई समेत महाअभियोग लगाउने निस्चित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार