काठमाडौं, जेठ ७ ।
प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवास पुगेका छन् । बालुवाटारको पत्रकार सक्ने बितिकै ओलि राष्ट्रपति कार्यालय जानु भएको बुझीएको छ ।
उनी केहीबेरअघि त्यहाँ पुगेको उच्च स्रोतले जानकारी दियो । प्रधानमन्त्रीले सरकारको दाबी गर्न पुगे नपुगेको बारेमा भने केही बताइएको छैन ।
यता विपक्षी गठबन्धनका तर्फबाट १४९ जनाको हस्ताक्षर लिएर राष्ट्रपति निवास पुगीसकेको छ । ओलि नेपालसमूहका सांसदहरूलाई पार्टीबाट निलम्बन गरेको पत्र शितलनिवास लिएर जानुभएको बुझीएपनि स्पष्ट भएको छैन ।