कपिलबस्तुको यशोधरा र बुद्धभुमीमा थप १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२० पुग्यो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  721 पटक हेरिएको

vision-online-advertise

काठमाण्डौँ, बैशाख २९ ।

नेपालमा थप दश जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलबस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभुमि नगरपालिका–७, १० निबासी बर्ष १८, १९, २०, २०, २४, ३०, ३१, ३४ र ३४ बर्षका पुरुषहरु र १ जना उमेर नखुलेका महिला रहेको जनाएको छ । काठमाण्डौँको जनस्वास्थ्य प्रयोगशालामा गरिएको टेष्टमा निजहरुमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार शनिबार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दश जनामा संक्रमण पुष्टि भएको हो । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।

स्वास्थ्य मन्त्रालयद्धारा जारी बिज्ञप्ति ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार