थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५७ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  723 पटक हेरिएको

vision-online-advertise

वीरगञ्ज, बैशाख १७ ।

बुधबार एकैदिन तीनजना ब्यक्तिमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनाको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमितहरू जीतपुर सिमरा उपमहानगरपालिकाका ४३ वर्षीय, सिम्रौनगढ नगरपालिकाका ३१ वर्षीय र वीरगञ्ज-२ छपकैयाका ४६ वर्षीय पुरुषहरू हुन् ।


यी तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए । आइतबार वीरगञ्‍जका दुईजना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरूमध्ये वीरगञ्ज-१६ का एक जना दिल्लीको धार्मिक सभामा सहभागी भएका थिए । उनीहरूको प्रत्यक्ष सम्पर्कमा रहेकाहरूलाई खोजी गर्ने क्रममा छपकैयाका ४६ वर्षीय पुरुषलाई सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएको थियो ।

उनको पनि रिपोर्ट पोजेटिभ भएको आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा जम्मा ५७ जनामा नोबेल कोरोना९कोभिड(१९० पुष्टि भएको छ । हालसम्म १६ जना संक्रमितहरू स्वास्थ्यलाभ लिई घर फर्किसकेका छन भने अन्य संक्रमितहरूको पनि स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार