गण्डकी प्रदेशमा मन्त्रिपरिषद बिस्तार, युवा तथा खेलकुद मन्त्रिमा राजिब गुरुङ्ग नियुक्त

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1007 पटक हेरिएको

पोखरा, बैशाख १६ ।  

गण्डकी प्रदेश सरकारले आफ्नो मन्त्रिपरिषद बिस्तार गरेको छ । मनाङ्ग जिल्लाबाट निर्वाचित सांसद राजीब गुरुङ्गलाई आज युवा तथा खेलकुद मन्त्रिमा नियुक्त गरेको मुख्यमन्त्रि पृथिबिसुब्बा गुरुङ्गका प्रेस सल्लाहकार बिक्रम न्यौपानेले जनाएको छ । नवनियुक्त युवा तथा खेलकुद मन्त्रि राजिब गुरुङ्गको आज सबा ४ बजे प्रदेश निति तथा योजना आयोगको सभाहलमा सपथ ग्रहण कार्यक्रम तय भएको जनाएको छ ।

गण्डकी प्रदेश सरकारको बिरुद्ध अबिश्वासको प्रस्ताब दर्ता भएसँगै देखिएको राजनितिक उताडचढाबसँगै मुख्यमन्त्रि सुब्बाले आफ्नो मुख्यमन्त्रि तथा मन्त्रिपरिषद जोगाउन मनाङ्गबाट स्वतन्त्र निर्वाचित सांसद राजीब गुरुङ्गलाई युवा तथा खेलकुद मन्त्रिको जिम्मेवारीमा नियुक्त गरिएको बुझिएको छ । प्रदेश सरकारमा अल्पमतमा परेका मुख्यमन्त्रि पृथिबिसुब्बा गुरुङ्गको सरकार जोगाउन हरसम्भब प्रयास भईरहेको अवस्थामा गुरुङ्गलाई मन्त्रि नियुक्त गरिएको हो ।

हिजो मात्रै सांसद गुरुङ्गले मनाङ्गका गुरुङ्ग समुदायले आफ्नै जातिको सरकारको बिरुद्ध मतदान गर्न अनुमति नदिएको जनाएको थियो भने आज नै मन्त्रिको रुपमा नियुक्त भएका हुन । राजिब गुरुङ्गलाई मन्त्रिको रुपमा नियुक्त गरेसँगै गण्डकी प्रदेश सरकार थप मजबुद भनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार