जस्तो सुकै परिस्थितिको सामना गर्न तयार रहन आफु निकट सांसदलाई प्रधानमन्त्रि ओलिको निर्देशन

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  889 पटक हेरिएको

vision-online-advertise

काठमाण्डौँ, बैशाख १६ ।

नेकपा भित्रको बिबाद उत्कर्षमा पुगेको अबस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै परिस्थितिको सामना लागि तयार रहन आफूनिकट सांसदहरूलाई निर्देशन दिएका छन्। बारम्बार पार्टीका शिर्ष नेताहरुको छलफलबाट पनि तत्कालको संकट पार नलाग्ने देखिए पछि पार्टी अध्यक्ष समेत रहेका पूधानमन्त्रि के.पी शर्मा ओलिले आफु निकटका सांसदहरुलाई उक्त निर्देशन दिएको हो । सोमबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका आफूनिकटका दुई दर्जन बढी सांसदसँग प्रधानमन्त्री ओलीले आफूलाई सरकार र पार्टीबाट हटाउने षड्यन्त्रसमेत भइरहेको बताएका थिए।


साथीहरू वार कि पारको अवस्थामा लाग्नुभएको छ। मलाई बर्खास्त गर्ने तयारीमा हुनुहुन्छ,ु प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सांसद विजय सुब्बाले भने, ‘साथीहरू तोडफोड विध्वंस जे पनि गर्ने योजनामा छन्। त्यस्तो अनिष्ठ परिस्थिति आउनसक्ने मानसिकता बनाइराख्नुस्। उहाँहरूले जे पनि गर्न सक्नुहुन्छ।’

प्रधानमन्त्री ओलीले मंगलबार बस्ने सचिवालयले धेरै कुराको टुंगो लगाउने र त्यस्तो नभए अरु ३र४ दिन लाग्न सक्नेसमेत बताएका थिए। मंगलबार बस्ने भनिएको सचिवालय बैठक भने अनिश्चित भएको छ। अर्का सांसद महेश बस्नेतले पार्टीबाहिर भन्दा पनि भित्रैबाट आफूलाई असफल बनाउन खोजिएको गुनासो प्रधानमन्त्रीको रहेको बताए।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार