काठमाडौं, बैशाख १४ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको मुद्दा दर्ता गर्न जनता समाजवादी पार्टीका शीर्ष नेताहरु महानगरीय प्रहरी परिसर, काठमाडौं पुगेका छन् ।
सांसद एवं पूर्व स्वास्थ्यमन्त्री सुरेन्द्र यादवसँगै जसपाका शीर्ष नेताहरु पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो लगायत टेकु पुगेका हुन् ।
परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवाली कार्यालयमा नभएका कारण जसपाका नेताहरुले एसपी सोमेन्द्र राठोरसंग कुराकानी गरिरहेका छन् । तर जाहेरी दर्ता भने भएको छैन । यसै सन्दर्भमा जसपका केन्द्रीय नेता आङकाजी शेर्पाले फेसबुक लाईभमा प्रहरी कार्यालयले जाहेरी दर्ता नगरेमा जिल्ला अदालत वा २ नम्बर प्रदेशबाट भएपनि दर्ता गरी कार्बहीको दायरामा ल्याऊने बताएका छन ।