
काठमाण्डौँ, बैशाख १४ ।

कोरोना भाइरसका कारण हालसम्म विश्वमा ज्यान गुमाउनेको संख्या दुई लाख कटेको छ। वल्डोमिटरका अनुसार कोरोना संक्रमणबाट बिश्वभरी हालसम्म २९ लाख १८ हजार ९३४ जना संक्रमित भएका छन भने २ लाख ०३ हजार १ सय ३९ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, ८ लाख ३६ हजार ४८६ जना उपचारपछि निको भएका छन्।
अमेरिका
तथ्याङ्क अनुसार कोरोना संक्रमणको उच्च दर अमेरिकामा देखिएको छ। अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुने र मृत्यु हुनेको संख्या बिश्व कै सबै भन्दा बढी रहेको छ । हालसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या ९ लाख ६० हजार ५ सय २५ पुगेको छ भने हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५४ हजार २ सय ५८ जना पुगेको छ। स्वास्थ्य उपचार पछि घर फर्कने संख्या १ लाख १८ हजार १ सय ६२ जना निको भई घर फर्किका छन । यो संख्या बिश्व कै सबै भन्दा धेरै हो ।
ईटली
अमेरिका पछि ईटलीमा मृतकको संख्या सबै भन्दा बढी रहेको छ। ईटलीमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २६ हजार ३ सय ८४ जना पुगेको छ भने संक्रमितको संख्या १ लाख ९५ हजार ३ सय ५१ पुगेको छ भने स्वास्थ्य उपचार पछि निको भई घर फर्कनेको संख्या ६३ हजार १ सय २० रहेको छ ।
स्पेन
स्पेनमा पनि कोरोना भाईरसका कारण ज्यान गुमाउने संख्या उच्च रहेको छ । हालसम्म स्पेनमा नोबेल कोरोना भाईरस संक्रमितको संख्या २ लाख २३ हजार ७ सय ५९ जना पुगेको छ भने संक्रमणबाट ज्यानबाट ज्यान गुमाउनेको संख्या २२ हजार ९ सय ०८ पुगेको छ । हालसम्म स्वास्थ्य उपचारपछि निको भई घर फर्किनेको संख्या भने ९५ हजार ७ सय ०८ रहेको छ ।
भारत
भारतमा पनि कोरोना भाईरस संक्रमितको संख्या २६ हजार २ सय ८३ पुगेको छ भने ८ सय २५ जनाले ज्यान गुमाइसकेका छन भने स्वास्थ्य उपचार पछि निको भई घर फर्कनेको संख्या ५ हजार ९ सय ३९ जना रहेको छ । कोरोना भाइरसका कारण दिन प्रतिदिन अवस्था जटिल बन्दै गएकाले सकेसम्म हतोत्साही नभई संयमतापूर्वक जीवनयापन गर्नुहुन अनुरोध गर्दछौं ।
कोरोना भाइरसका सम्बन्धमा आवश्यक विभिन्न सूचनाहरु हामीले निरन्तर प्रकाशन गर्दै आइरहेका छौं । हाम्रो फेसबुकपेज भिजन अनलाईन न्युज (फेसबुक फलोको लागि यहाँ), (ट्विटर फलोको लागि यहाँ) र (भिजन टि भि च्यानल सब्सक्राईबको लागि यहाँ क्लिक गर्नुहोला)लाई निरन्तर फलो गर्नुहोला ।
