लकडाउनको मोडालिटी बनाउन मुख्यसचिव नेतृत्वको कार्यदल गठन, लकडाउन सम्बन्धि कुनै निर्णय भएन

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  686 पटक हेरिएको

vision-online-advertise

काठमांडौ, बैशाख १३ ।

सरकारले लकडाउनको मोडालिटी बनाउन मुख्यसचिव नेतृत्वको कार्यदल गठन गरेको छ। शनिबार सिंहदरबारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले लकडाउनको मोडालिटी बनाउने जिम्मेवारी मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदललाई दिएको हो।

‘सबै परिस्थिति हेर्ने अनि देश(विदेशको अनुभव पनि हेर्ने र त्यसको आधारमा के गर्ने भनेर कार्यदलले प्रस्ताव बनाउँछ’,बैठकमा सहभागी एक मन्त्रीले भने,‘उक्त कार्यदलले प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्नेछ।’ उक्त कार्यदलमा मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका सुरक्षा प्रमुख छन्। लकडाउन खुकुलो पार्ने कि नपार्ने भन्नेबारे पनि बैठकमा छलफल भएको थियो।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार