मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिद्धारा विवादित दुवै अध्यादेश खारेज

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  698 पटक हेरिएको

vision-online-advertise

काठमाडौं, बैशाख १२ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत सोमबार सरकारद्वारा जारी दुवै अध्यादेश खारेज गरेकी छन्। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको पत्र पठाएसँगै दुवै अध्यादेश राष्ट्रपतिले खारेज गरेकी हुन्। राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद् बैठकले पारित गरेको दुवै अध्यादेश गत सोमबार जारी गरेकी थिइन्। शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विवादमा परेको उक्त अध्यादेश फिर्ता लिने निर्णय लिएको थियो।


सरकारले संवैधानिक निकायमा नियुक्तिका लागि बहुमतीय प्रावधान सहित पारित गरेको अध्यादेश पनि फिर्ता लिने निर्णय गरेपछि राष्ट्रपतिले खारेज गरिदिएकी हुन्। आज मिति २०७७ साल बैशाख १२ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी ज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा २ को खण्ड (ख) बमोजिम देहाय बमोजिमका अध्यादेशहरु खारेज गर्नु भएको छु, राष्ट्रपतिको कार्यालयले भनेको छ।

राष्ट्रपतिद्धारा जारी बिज्ञप्ति

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार