सरकारको तिब्र आलोचना गर्ने पूर्वसचिव भीम उपाध्याय आफ्नै निबासबाट पक्राउ

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  684 पटक हेरिएको

vision-online-advertise

काठमाडौं, बैशाख १०।

पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् । उनलाई ललितपुरको कुसुन्तीस्थित आफ्नै निवासबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली तथा सरकार बिरुद्द सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा पूर्व सचिब उपाध्यायलाई पक्राऊ गरेको जनाएको छ ।

एकजना प्रहरीका उच्च अधिकारीले दिएको जानकारी अनुसार प्रधानमन्त्रीमाथि सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको पाइएपछि पक्राउ गरिएको हो । उनलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको बताइएको छ । ललितपुरका एसएसपी टेकप्रसाद राईले उपाध्याय पक्राउ परेको पुष्टि गरे ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार