Breaking News नेपालको उदयपुरमा १२ र चितवनमा २ गरि एकैदिन १४ कोरोना संक्रमित थपिए

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  830 पटक हेरिएको

vision-online-advertise

काठमाडौं, वैशाख ५ ।

नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् । उदयपुरमा ८ भारतीय नागरिक सहित १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनका हुन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित एक जना निको भइ घर फर्किसकेका छन् ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार