पोखरामा परीक्षण गर्दा पोजेटिभ आएको ब्यक्तिको टेकु परीक्षणमा नेगेटिभ देखियो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  949 पटक हेरिएको

vision-online-advertise

पोखरा, चैत २१ ।

पोखरामा दुई दिनअघि स्थापना गरिएको कोरोना परीक्षण केन्द्रमा एकजना व्यक्तिमा कोरोना संक्रमणको ‘पोजिटिभ रिपोर्ट’ आएकोमा काठमाडौंमा दोस्रो परीक्षण गर्दा भने नीजको रिपोर्ट ‘नेगेटिभ’ आएको बताइएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालै भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो । 

तर, ती व्यक्तिको स्वाब थप परीक्षणका लागि काठमाडौं पठाई पुन:परीक्षण गर्दा भने नेगेटिभ आएको हो । कोरोनाको परीक्षण कम्तीमा तीनपटकसम्म गरिने हुँदा पहिलो परीक्षणमा पोजिटिभ देखिएपछि पोखराले दोस्रो परीक्षणका लागि काठमाडौं पठाएको थियो ।

दोस्रो परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनको पुनः परीक्षण गर्न लागिएको जनाइएको छ ।नेपालमा हाल सम्म ६ जनालाई कोरोना पुष्टी भएको छ भने एक जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

सम्बन्धित समाचार यो पनि पढ़नुहोस ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार