जापानमा कोरोना भाईरस (कोभिड–१९) संक्रमितको संख्या ३२०६, सक्रमणबाट मर्नेको संख्या ८० पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  900 पटक हेरिएको

vision-online-advertise

जापान, चैत २० ।

कोरोना भाइरस (कोभिड–१९) का कारण बिहिबार सम्म जापानमा ८० जनाको ज्यान गएको छ । एकै दिनमा ३ जनाको ज्यान गए संगै मृतकको संख्या ८० पुगेको हो ।  हरेक दिन नयाँ संक्रमित थपिने क्रम रोकिएको छैन् । बुधबार बाट बिहिबार सम्म नयाँ २७१ जनामा कोरोना संक्रमण देखिएको छ । बिहिबार सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या ३२ सय ६ जना पुगेको हो । यो संख्या जापानको योकोहामा रहेका डाईमण्ड प्रिन्स पानीजहाजमा रहेका कोरोना भाईरस संक्रमितहरुको समेत गरी ३२ सय ६ जना पुगेको हो ।


पछिल्लो तथ्यांक अनुसार १ हजार ९१ जना उपचारपछि निको भई घर फर्केका छन् । बिश्वका अन्य देशको तुलनामा कोरोनाको प्रभाव र संक्रमित र ज्यान गुमाउनेको संख्या भने न्यून नै रहेको छ । पछिल्लो हप्तामा भने कोरोना संक्रमण टोक्यो, ओसाका, चिबा र होक्काईदोमा भने कोरोना भाईरसको संक्रमण तीब्र रुपमा फैलिएको छ । जापानको टोक्यो शहरमा जनघनत्व अत्यधिक रहेको छ भने नेपाली समुदायको पनि बाक्लो उपस्थिति रहेको छ ।

जापानमा हालसम्म जापान सरकारले जनतामा कुनै लकडाउन वा प्रतिबन्द लगाएको छैन तसर्थ यसले अझ जापानमा पनि महामारीको रुप लिने निश्चित छ । जापानमा रहेको नेपालीहरु पनि असुरक्षित रहेको छ । हालसम्म जापानमा नेपालीहरुमा कोरोना संक्रमण पुष्टि भएको छैन । तर पनि जोखिम भने उच्च रहेको छ ।

यस्तो छ जापान सहित २०५ देशको सूची (कोरोना अपडेट)

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार