अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार बढीको ज्यान गयो, संक्रमितको संख्या पनि चीनको भन्दा ३ गुणा

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  759 पटक हेरिएको

vision-online-advertise

काठमाडौँ, चैत २०।

कोरोना भाइरसको महामारीबाट पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ९० जना कोरोना संक्रमितको ज्यान गएको छ । यो सँगै विश्वभर कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४७ हजार १ सय ९२ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा ७६ हजार ८ सय ७२ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै कोरोना संक्रमितको संख्या ९ लाख २८ हजार ९ सय ११ पुगेको छ । जसमध्ये १ लाख ९० हजार ७ सय ६६ जना मानिस उपचारपछि घर फर्किएका छन् । र, ३ हजार ४ सय ७८ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा सबैभन्दा धेरै मानिसको ज्यान गएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । हालसम्म अमेरिकामा ५ हजार १ सय १६ जना मानिसको ज्यान गइसकेको छ । जसमध्ये हिजो मात्रै १ हजार ४९ जनाको ज्यान गएको हो । हालसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार ४ सय १७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा २६ हजार ४ सय ४७ जना नयाँ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा अमेरिकामा १०४९, इटली ७२७, स्पेन ९२३, जर्मनी १५६, फ्रान्स ५०९, यूके ५६३, बेल्जियम १२३ र नेदरल्याण्डमा १३४ जनाको ज्यान गएको हो । यससँगै अन्य देशको विवतरण तलको बिश्व स्वास्थ्य संगठनले तयार पारेको तालिकामा उल्लेख छ । हालसम्म कोरोना भाइरसको महामारी विश्वका २०५ देश र दुई अन्तराष्ट्रिय पानी जहाजमा फैलिएको छ।

यस्तो छ २०५ देशको सूची (कोरोना अपडेट)

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार