इटालीमा कोरोना भाइरसका कारण ६३ चिकित्सक सहित ११ हजार ५ सय ९१ जनाको निधन

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1857 पटक हेरिएको

vision-online-advertise

इटली, चैत १७।

नोबेल कोरोना भाईरस (कोभिड-१९) संक्रमणले महामारीको रूप लिदा हाल बिश्व आक्रान्त छ । न यसको रोकथाम र निर्मूल पार्न कुनै देशको ताकत नै छ , न औषधि नै बनेको छ । हाल बिश्वको अन्य देशको तुलनामा सबै भन्दा बढी इटली, अमेरिका , स्पेन र चीन पिडीत भएका छन । संक्रमित मुकुलको तुलनामा सबै भन्दा बढी इटलीका नागरिकले ज्यान गुमाउन पुगेको छ । इटालीमा कोरोना भाइरस (कोभिड–१९) बाट ६३ जना चिकित्सकको ज्यान गएको छ ।


अहिलेसम्म इटालीमा कोरोना भाइरसको कारण मृत्यु हुने मानिसको संख्या सबैभन्दा धेरै ११ हजार पाँच सय ९१ पुगिसकेको छ। संक्रमित हुने मानिसको संख्या पनि एक लाख नाघेको छ । इटालीको एसोसिएशन अफ डक्टर्सले सोमबार दिएको जानकारी अनुसार ज्यान गुमाउनेमध्ये अधिकांश चिकित्सक लम्बार्डी क्षेत्रमा काम गर्थे ।

उक्त क्षेत्र मुलुकको कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित क्षेत्र हो । यो क्षेत्रमा मात्र अहिलेसम्म कोरोना भाइरसको कारण ४१ जना चिकित्सकको ज्यान गइसकेको छ ।

सीएनएनका अनुसार सोमबारसम्ममा इटालीका आठ हजार नौ सय ५६ स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको इटालियन नेशनल इन्ष्टिच्युट अफ हेल्थले बताएको छ । सोमबारसम्मको तथ्यांक अनुसार इटालीमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या एक लाख एक हजार सात सय ३९ पुगेको छ ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार