एनआरएनए आईसीसीको निर्वाचन रोक्न उच्च अदालत पाटनको निर्देशन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  922 पटक हेरिएको

काठमाडौँ, चैत्र ७ ।  

गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन प्रक्रिया तत्काल रोक्नका लागि पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।न्यायाधीश दुर्गा बहादुर विश्वकर्माको एकल इजलासले तत्कालका लागी निर्वाचन रोकी दुवै पक्षलाई छलफलका लागि बुधबार (चैत्र ९ गते) बोलाउने र त्यतिन्जेल सम्म निर्वाचनको सम्पूर्ण प्रक्रिया रोक्न सोमबार अन्तरिम आदेश जारी गरेको हो।

एनआरएनएन  निर्वाचन मतदाता नामावलीप्रति असंतुष्ट जनाउँदै चिन्तामणि सापकोटा र उमेश कुमार पुडासैनीले दायर गरेको रिट निवेदन माथि प्रारम्भिक बहस गर्दै उक्त आदेश दिइएको हो।

एनआरएनएमा संस्थापन पक्षले यही मार्च २४ र २५ तारिखमा अनलाईनमार्फत निर्वाचन गर्ने तयारी गरिरहेको छ भने निर्वाचन प्रक्रियामा असंतुष्ट पक्षले भने यही मार्च २२ देखि २५ सम्म महाधिवेशन र निर्वाचन गर्ने तयारी गरिरहेको छ ।  अदालतको यो फैसला आएपछि एनआरएनमा दुवै पक्षलाई सहमतिको लागि बाटो खुलेको छ । यस अघि नै कुल आचार्यको टिमले निर्वाचन रोकी बार्ताको माध्यमबाट समाधान खोज्न भन्दै बार्ता समिति समेत गठन गरेको थियो ।

पाटन उच्च अदालतद्वारा जारी आदेश 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार