नेपाल पत्रकार महासंघ केन्द्रको निर्वाचन कार्यतालिका सार्वजनिक, चैत्र २५ गते मतदान हुने

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1197 पटक हेरिएको

काठमाडौं, चैत्र ७ ।

नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यातालिका सार्वजनिक भएको छ । यही चैत २५ गते पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमा हुन लागेको निर्वाचनको कार्यतालिका पत्रकार कपिल काफ्लेको संयोजकत्वमा गठित निर्वाचन समितिले सार्वजनिक गरेको हो । कार्यतालिका अनुसार चैत १२ गते बिहान साढे १० बजेदेखि दिउसो ४ बजेसम्म उम्मेदवार मनोनयन गर्ने रहेको छ ।

महासङ्घका काठमाडौंमा उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको केहि दिन अघि बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसियट संरचनाको निर्वाचन तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको थियो । महासङ्घको संशोधित विधानानुसार केन्द्रीय साधारणसभा गत फागुन ४ र ५ गते सम्पन्न भइसकेको छ ।

महासंघद्वारा जारी निर्वाचन कार्यतालिका

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार