आईएमई क्योउदाईको मोबाईल याप्स सेवा शुरू, याप्सबाट सेवा लिनेलाई ३ पटकसम्म निशुल्क

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1874 पटक हेरिएको

vision-online-advertise

जापान, चैत ७ ।

नेपालकै पहिलो भुक्तानी सेवा प्रदायकका रूपमा लाइसेन्स प्राप्त कम्पनी आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा निर्मित तथासञ्चालित आईएमई क्योउदाई रेमिट्यान्स कम्पनीले सेवा प्रदायकहरूलाई सहजीकरण गर्दै नया सेवा मोबाइल वित्तीय सेवामा आधारितआईएमई पे सेवा शुरू गर्दै आएको छ ।


उक्त सेवाले व्यक्ति(व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफरदेखि लिएर विभिन्न अनलाइनतथा भौतिक स्टोरहरूमा भुक्तानी गर्ने, मोबाइल फोन रिचार्ज गर्ने र घरायासी बिलहरूको भुक्तानी गर्ने सम्मका भुक्तानी कार्यहरूमा सहयोग पुर्याउँछ। आफ्नो मोबाईल फोन मार्फत नै हात-हातबाट नै बिभिन्न किसिमका कारोबार गर्न मिल्ने मोबाईल वालेटमा अब सेवाग्राहीले जापानबाटपनि रकम सिधै नेपालमा पनि जम्मा गर्न सक्नुहुनेछ । पैसा पठाउदा नाम, ठेगाना लगायतका जानकारीका साथै मोबाईल वालेट रजिष्टर्डगरिएको टेलिफोन नम्बर उपलब्ध गराउनु पर्नेछ ।

यो योजना को शुरुवातमा क्योदाई रेमिट्यान्स आईएमई ले पहिलो ६ महिनामा सबैसेवाग्राहीले ३ वटा कारोबारसम्म निशुल्क पठाउन सक्ने योजना ल्याएको छ । सेवाग्राहीले आईएमई वालेटमा पैसा पठाउदा हालको लागि काउन्टरमा आएर तथा क्योदाइ रेमिट्यान्सको बैंक खातामा रकम ट्रान्सफरगरेर कारोबार गर्न सक्नेछन भने, प्रती कारोबार रु एक लाख सम्म पठाउन सक्ने आईएमई क्योदाई रेमिट्यान्स कम्पनी हाकताका ब्रांचम्यानेजर रामकृष्ण श्रेष्ठले जानकारी गराउनु भयो । अन्य थप जानकारीको लागितलको नम्बरमा सम्पर्क गर्नुहोला ।

अधिकतम जानकारीका लागि संपर्क नम्बर ०७० १५०९ ४९२८ मा सम्पर्क गर्नुहोला 

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार