स्थानीय तह निर्वाचन अनुगमन निर्देशि, २०७८ र निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७८ स्वीकृत

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  608 पटक हेरिएको

काठमाण्डौँ, चैत १ ।  

निर्वाचन आयोगले आगामी वैशाख ३० गतेबाट हुने स्थानीय तह निर्वाचन अनुगमन निर्देशिका र आर्थिक व्यवस्थापन कार्यविधि, २०७८ स्वीकृत गरेको छ। निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७८ समेत स्वीकृत भई कार्यान्वयनमा आएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। मतदाता नामावली अद्यावधिक (दाबी विरोधसमेत) कार्यक्रम, २०७८ अन्तर्गतका त्रुटि सच्याउने, दोहोरो परेको हटाउने र मृत्यु भएकाको विवरण हटाउने कार्य भइरहेको बताइएको छ।

निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नामावली सम्बन्धित निकायबाट प्राप्त भएको र खटनपटनका लागि गृहकार्य भइरहेको छ। निर्वाचनलाई खर्चिलो र भड्किलो हुन नदिन विभिन्न संयन्त्रमार्फत अनुगमन गर्ने जनाउँदै आयोगले निर्वाचन आचारसंहिता कानूनी मात्र नभई नैतिक बन्धन पनि भएकाले त्यसप्रति गम्भीर भई निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र मितव्ययी बनाउने कार्यमा सहयोग पुर्‍याउन सबैसँग आग्रह गरेको छ।

यस्तै निर्वाचन आयोगले डिजाईन गरेको निर्वाचन मतपत्रको कलरको लिएर बजारमा त्यसको प्रनिपक्ष दलका नेताहरुले बिरोध गरेका छन । यस्तै रा.प्र.पाका नेता तथा अध्यक्ष राजेन्द्र लिङ्गदेनले पनि निर्वाचन आयोगले निर्वाचन चिन्हमा हलो नदिएमा स्थानीय तहको निर्वाचन हुन नदिने घोषणा गरि सकेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार