काठमाडौं, फागुन २१ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका छन् । सरकार र विप्लव समूहबीच भएको सहमतिमा हस्ताक्षर गर्न शुक्रबार आयोजित समारोहमा उनले नेपालमा अब हिंसात्मक द्वन्द्व नरहेको बताएका हुन् ।
ओलीले भने, ‘अब कुनै पनि पार्टीले हिंसात्मक बाटो र कार्यदिशा अवलम्बन गरिरहेको छैन । यसको अर्थ नेपालमा हिंसात्मक द्वन्द्व छैन, हिंसात्मक द्वन्दको अन्त्य भएको यो एईतिहासिल दिन पनि रहेको प्रधानमन्त्रि ओलि बताएका हुन । नेपाल अब पूर्ण रूपमा शान्तिको बाटोमा हिडेको पनि बताए ।’
उनले नेकपा माओबादी समूहका महासचिव नेत्रविक्रम चन्दको एउटा निर्णयबाट मुलुकले ठुलो र एईतिहासिल उपलब्धि हासिल गरेको भन्दै विप्लवलाई धन्यवाद पनि दिएका छन् ।